(१) कुनै समूहमा रिक्त राजपत्राड्ढित पदहरुमा कार्य क्षमताको मूल्याड्ढनद्वारा बढुवा गर्नको निमित्त त्यस्तो रिक्त पद भन्दा एक श्रेणी मुनिको पदमा ऐनको दफा २१ को उपदफा (१) को खण्ड (ख) बमोजिमको सेवा अवधि र हाल बहाल रहेको पदमा सेवा प्रवेशको लागि निर्धारित न्यूनतम शैक्षिक योग्यता पुगेका सम्बन्धित समूहका कर्मचारीहरु सम्भाव्य उम्मेदवार हुनेछन् ।
तर –
(क) ऐनको दफा ७ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिम खुला प्रतियोगिताद्वारा पूर्ति हुने राजपत्राड्ढित द्वितीय र प्रथम श्रेणीको पदको निमित्त निर्धारित न्यूनतम शैक्षिक योग्यता बाहेक राजपत्राड्ढित द्वितीय श्रेणीभन्दा माथिको पदमा हुने बढुवाको लागि पनि राजपत्राड्ढित तृतीय श्रेणीको पदमा सेवा प्रवेशको लागि निर्धारित न्यूनतम शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता पुगेको मानिनेछ ।
(ख) यी नियमहरु प्रारम्भ हुँदाका बखत सेवामा बहाल रहेका राजपत्राड्ढित कर्मचारीहरुको हकमा रिक्त पदहरुको पच्चीस प्रतिशतसम्म पदका लागि सेवा प्रवेशको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता नपुगेका कर्मचारीहरु पनि सम्भाव्य उम्मेदवार हुन सक्नेछन् ।
(२) कुनै समूहमा रिक्त राजपत्र अनड्ढित पदहरुमा कार्य क्षमताको मूल्याड्ढनद्वारा बढुवा गर्नको निमित्त त्यस्तो रिक्त पद भन्दा एक श्रेणी मुनिको पदमा ऐनको दफा २१ को उपदफा (१) को खण्ड (क) बमोजिमको सेवा अवधि र हाल वहाल रहेको पदमा सेवा प्रवेशको निमित्त निर्धारित न्यूनतम शैक्षिक योग्यता पुगेका देहायका कार्यालयहरुका लागि देहाय बमोजिमका कर्मचारीहरु सम्भाव्य उम्मेदवार हुनेछन् ः
(क) सर्वोच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालय, न्याय परिषद् सचिवालय,
प्रशासकीय अदालत, श्रम अदालत, विशेष अदालत, वैदेशिक रोजगार न्यायाधिकरण, ऋण असूली न्यायाधिकरण र ऋण असूली पुनरावेदन न्यायाधिकरणमा रिक्त पदहरुको लागि सर्वोच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालय, न्याय परिषद् सचिवालय, प्रशासकीय अदालत, श्रम अदालत, विशेष अदालत, वैदेशिक रोजगार न्यायाधिकरण, ऋण असूली न्यायाधिकरण र ऋण असूली पुनरावेदन न्यायाधिकरणका कर्मचारीहरु,
(ख) राजश्व न्यायाधिकरणमा रिक्त पदहरुका लागि सोही कार्यालयका कर्मचारीहरु,
(ग) उच्च अदालत वा सो अदालतको क्षेत्र अन्तर्गत जिल्ला अदालतहरुमा रिक्त राजपत्र अनड्ढित प्रथम श्रेणीको पदहरुका लागि सम्बन्धित उच्च अदालत र सो अदालतको क्षेत्र अन्तर्गतका जिल्ला अदालतहरुमा कार्यरत कमचारीहरु ।
(घ) जिल्ला अदालतमा रिक्त राजपत्र अनड्ढित प्रथम श्रेणी बाहेक अन्य राजपत्र अनड्ढित पदहरुका लागि सोही अदालतमा कार्यरत कर्मचारीहरु ।
(ङ) कानून तथा न्याय मन्त्रालय, नेपाल कानून आयोग, न्याय सेवा तालीम केन्द्र वा विभिन्न सरकारी निकायमा रिक्त पदहरुको लागि कानून तथा न्याय मन्त्रालय,नेपाल कानून आयोग, न्याय सेवा तालीम केन्द्र र विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारीहरु ।
(च) महान्यायाधिवक्ताको कार्यालयमा रिक्त पदहरुको लागि सोही कार्यालयमा कार्यरत
कर्मचारीहरु ।
(छ) पुनरावेदन सरकारी वकील कार्यालय वा सो कार्यालयको क्षेत्र अन्तर्गतका जिल्ला
सरकारी वकील कार्यालयमा रिक्त पदहरुको लागि सम्बन्धित पुनरावेदन सरकारी वकील कार्यालय र सो कार्यालयको क्षेत्र अन्तर्गतका जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत कर्मचारीहरु ।
(३) यी नियमहरु प्रारम्भ हुँदाका बखत सेवामा कार्यरत राजपत्र अनड्ढित कर्मचारीहरुको
हकमा रिक्त पद भन्दा सम्भाव्य उम्मेदवारहरुको संख्या कम भएमा त्यस्तो कम हुन आउने रिक्त पदको लागि हाल बहाल रहेको पदमा सेवा प्रवेशको लागि निर्धारित न्यूनतम शैक्षिक योग्यता नपुगेका कर्मचारीहरु पनि कार्य क्षमताको मूल्याड्ढनद्वारा हुने बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्नेछन् ।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पद पूर्ति प्रतिशत निर्धारण भई
बढुवाको लागि पदसंख्या छुट्याई सकेपछि सम्बन्धित कार्यालयबाट कुनै कर्मचारीको सरुवा अन्य कार्यालयमा भए तापनि निजलाई साविकको कार्यालयमा छुट्याइएको पदमा हुने बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनबाट वञ्चित गरिने छैन ।